सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभक्त भएपछि सत्ता समीकरणको खेलसँगै प्रारुप पनि कोर्न थालिएको छ । त्यहि क्रममा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालसहितको टोलीले खुमलटारमा छलफल गरेको छ ।
उता, त्यहि खेलको अर्कोतर्फ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले समेत आफ्नो भविष्य र समीकरणको निम्ति नयाँ कोणबाट छलफल गरेका छन्
प्रचण्ड काङ्ग्रेस नेताहरुसङ्ग छलफलपछि आफ्नो पार्टीको बैठकमा सामेल भएका छन् । प्रचण्ड एमालेबाहेका शक्तिसँग समीकरण गरेर सरकार गठन गर्ने पहल गरेको स्रोतले बतायो ।