सत्ता समीकरणबारे निर्णय लिन जसपा शीर्ष नेताहरूको बैठक जारी

सत्ता समीकरणबारे निर्णय लिन जसपा शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान मस्यौदा तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न जसपा शीर्ष नेताहरूको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो सहभागी छन् ।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जसपा गठन भएपनि संसदीय दल एउटै हुन बाँकी छ । भावी सत्ता समीकरणमा जसपाको भूमिका महत्त्वपूर्ण हुने भएपछि यो बैठकलाई महत्त्वका साथ हेरिएको छ । वर्तमान सरकारको निरन्तरता या नयाँ सत्ता समीकरण भन्नेमा जसपाका नेताहरू विभाजित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग कुनै हालतमा सहकार्य गर्न नसकिने भनेर उपेन्द्र यादवले बताएका छन् भने मुद्दा सम्बोधन गर्ने जोसुकैसँग पनि सहकार्य गर्न सकिने महन्थ र राजेन्द्र पक्षको भनाइ छ ।