काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफल सकिएको छ । ठाकुर, यादव र भट्टराई ‘प्रचण्ड’लाई भेट्न पेरिसडाँडा पुगेका थिए । माओवादी स्थायी कमिटी बैठकलगत्तै पेरिसडाँडा पुगेका ठाकुर, यादव र भट्टराई एवं प्रचण्डसहितका शीर्ष नेताहरूबीच भेटावार्ता भएको हो ।
बैठकले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निस्कर्ष निकालेको यादवले जानकारी दिए । ओलीको सर्वसत्तावादविरुद्ध संघर्ष गर्ने निस्कर्ष निकालिएको यादवको भनाइ थियो । बैठकमा सहभागी ठाकुरले भने छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए ।
बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए । उनले यसबारेमा थप छलफल गर्ने बताए ।