काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ। रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।
उनी हालै गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएका थिए।