नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार, शपथ ४ बजे

नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार, शपथ ४ बजे

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले बुधबार नेता माधवकुमार नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

स्रोतका अनुसार विस्तारित मन्त्रिमण्डलमा सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशव पाण्डे, दोलखाकी सरस्वती बस्नेतलाई मन्त्री र धादिङ २ ख का डा रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री बनाएका हुन् ।  

मन्त्रीहरुको आजै ४ बजे शपथ रहेको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिए ।