ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएक छन् ।

आइतबार १ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको एक नेताले बताए । बालुवाटारमा बैठक बस्ने तयारी भैरहेको छ ।

बैठक बस्न लागेकाले सहभागी हुन नेताहरू बालुवाटार जान लागेको ति नेताले बताए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ ।