बालिका खड्काको मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस

बालिका खड्काको मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आइतबार थुनछेक बहस हुँदैछ ।  जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले बताए ।

वैशाख ९ मा नेकपा एमालेको मुख्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मुख्यालय निरीक्षण गर्न जाँदा बालिकाले मुख्यमन्त्री राईलाई गाली गरेकी थिइन् ।

बालिकालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको महानगरीय प्रहरी वृत्त  सिंहदरबारका डिएसपी  हरि बस्नेतले बताए ।

मुख्यमन्त्री शेरधन राईले आफुलाई बिचल्ली बनाएको उनको आरोप छ । अभद्र व्यवहार मुद्दामा प्रहरीले यसअघि पनि उनीमाथि अनुसन्धान गरेको थियो । पटके आरोपी भएको हुनाले उनको मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको हो । अभद्र व्यवहार मुद्दामा पहिलो पटक पक्राउ गरिएका आरोपीको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना  हुने कानुनी व्यवस्था छ ।