काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
उनी अहिले भर्खरै शीतलनिवास प्रवेश गरेका हुन् ।
त्यसअघि उनले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए । बैठकले के निर्णय गर्यो भन्नेबारेमा कुनै सदस्यले केही बताएका छैनन् ।