लुम्बिनी प्रदेशमा थपिए ३ मन्त्री, सपथ बुधबार हुने

लुम्बिनी प्रदेशमा थपिए ३ मन्त्री, सपथ  बुधबार हुने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्

आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्रीवास्तव सूर्य चिह्नबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनले गत आइतबार विपक्षी गठबन्धनमा हस्ताक्षर गरे पनि सोमबार पुन पोखरेललाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए ।

मन्त्रीहरुको सपथ भने बुधबार हुनेछ । योसँगै लुम्बिनीको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ ।