काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठबाट निस्किएर सिधै बालुवाटार पुगेका छन् ।
विश्वासको मतको मिति नजिकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न उनीहरू प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका हुन् ।
बुढानीलकण्ठमा लामो छलफल गरेपछि प्रधानमन्त्री ओलीको विपक्षमा जान ठाकुर र महतो तयार भएको बालुवाटार निकट स्रोतले दाबी गरेको छ । देउवासँग करिब दुई घण्टा छलफल गरेर ठाकुर र महतो भर्खरै बालुवाटार पुगेका छन्।
देउवालाई नयाँ सरकार गठनमा सघाउने बचन दिएका उनीहरुले बालुवाटार पुगेर ओलीलाई विश्वासको मत लिनपटी नलाग्न र राजीनामा दिन सुझाव दिने तयारी गरेको स्रोतको दाबी छ ।