काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए एमालेको माधवकुमार नेपाल पक्षले त्यसमा सहयोग गर्ने भएको छ। सोमबार अन्तिम समयमा सामूहिक राजीनामाको निर्णयबाट पछि हटेको नेपाल समूह अविश्वासको प्रस्ताव आए त्यसको पक्षमा उभिने भएको हो।
नेपाल पक्षका सांसद मेटमणि चौधरीले विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याए त्यसमा सहयोग गर्ने निर्णय भएको बताए। देउवाले अविश्वासको प्रस्ताव ल्याएमा उनलाई प्रधानमन्त्री बनाउन नेपाल समूहले सघाउने भएको हो ।
नेपाल पक्षले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रियाका लागि बोलाइएको संसद् बैठकमा भने अनुपस्थित हुने निर्णय गरेको छ। सोमबार दिउँसो १ बजेको प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत लिनेछन्।