काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन् । बैठक दिउंसो १ बजे बस्ने कार्यक्रम छ ।
आजको मन्त्रिपरिषदको बैठकमा निति कार्यक्रम र बजेटमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई कांग्रेस, माओवादी र एमालेभित्रको माधव पक्षले सहयोग नगर्ने र जसपा पनि तटस्थ बन्ने अवस्थामा विश्वासको मत पाउने सम्भावना देखिदैन ।
प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संसदको सबैभन्दा ठुलो दलको नेताका हिसावले पुनः प्रधानमन्त्रीको रुपमा सपथ खानेछन् ।
प्रधानमन्त्री ओली वैकल्पिक सरकार बन्न दिने र देशलाई निर्वाचनमा लग्ने योजनामा छन् । केही गरी बैकल्पिक सरकार बने बजेट ल्याउने र आफु प्रतिक्षमा बस्ने उनको तयारी छ ।