काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहयोगको आग्ह गरेका छन् । थापा नेपाललाई भेट्न उनको निवासमा पुगेका थिए ।
जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला थापा नेता नेपाललाई भेट्न पुगेका हुन् । राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा। खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।
देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।