काठमाडौं । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता भीम रावलले जानकारी दिए ।
बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचासंहिता तुरुन्त लागु गर्ने तय गरेको उनले बताए । “पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ, ” उनले भने ।
आजको बैठकमा नेता शंकर पोखरेल र विष्णु पौडेल भने कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको रावलले बताए । बैठक भोलि पनि बस्ने रावलले जानकारी दिए ।