निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री ओलीले मागे बादललाई भोट

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री ओलीले मागे बादललाई भोट

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री ओलीले मागे बादललाई भोट मागेका छन् । निर्वाचन आयोगले सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि लागू गरेको छ । 

तर, उनले बुधबार विज्ञप्ति जारी गरेर बादललाई भोट हाल्न आफू निकटकालाई   हुइप जारी गरेका छन् । आयोगले मंगलबार विज्ञप्ति जारी गरी ३ जेठ राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको जनाएको हो ।

आयोगले उक्त समयावधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटरवरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने जनाउ पनि प्रधानमन्त्री ओलीले भने आयोगको धज्जी उडाउँदै भोट बुधबार पनि भोट मागेका छन् ।