प्रधानमन्त्री निवासमा एमालेको स्थायी कमिटी बैठक सुरू

प्रधानमन्त्री निवासमा एमालेको स्थायी कमिटी बैठक सुरू

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

एमाले पार्टी भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ। तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो।

बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ। राष्ट्रिय सभाको उपनिर्वाचनलाई समेत मध्यनजर गरेर आजको बैठक बोलाइएको हो।

राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षरले आ(आफ्ना उम्मेदवार उठाएका छन्। ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन्।

नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्। बागमती प्रदेशका प्रदेश र स्थानीय तहमा एमालेको बहुमत रहे पनि नेपाल पक्ष विभाजित हुँदा मत बाँडिने निश्चित छ।

देवकोटलाई कांग्रेस(माओवादीको समर्थन छ। बादल एमाले उमेदवार हुन् भने देवकोटा स्वतन्त्र हुन्। बादलको जित हारले एमालेको एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताले सार्वजनिक गरेका छन्। बालुवाटारको बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनबारे समेत समीक्षा हुने स्रोतको भनाई छ।

लअभिि ष्ल
स्थायी कमिटी बैठक सकिएलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बोलाइएको एक मन्त्रीले जानकारी दिए।