मतदान सकियो, मतपरिणाम कतिबेला कसरी सार्वजनिक हुँदैछ ?

मतदान सकियो, मतपरिणाम कतिबेला कसरी सार्वजनिक हुँदैछ ?

हेटौंडा । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ। निर्वाचन कार्यालयले मतदानका लागि ३ बजेसममको समय तोको थियो। मतदानको अवधि सकिँदा कुल ३३७ मत खसेको छ। 

राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन कार्यालयले बताएको छ। प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३७ जनाले मात्रै मतदान गरेका हुन्। १०९ सांसदमध्ये १०५ जनामात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३२ जनामात्र उपस्थित रहे।

१४४ मत भार रहेको विवेकशील साझा पार्टीले मतदान गरेन। उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ। मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ। मतगणना आवश्यक प्रक्रिया पूरा गरेर तत्काल सुरु गरिनेछ। मतपरिणाम आज साँझसम्म साँझसम्म नतिजा आइसक्नेछ। 

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा। खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ।