राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान सम्पन्न, तीन जना भएनन् सहभागी, नतिजा आजै

राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान सम्पन्न, तीन जना भएनन् सहभागी, नतिजा आजै

बुटवल । राष्ट्रिय सभाको रिक्त रहेको एक पदका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनको मतदान सकिएको छ। ३०० मतदाता रहेकोमा २९७ मत खसेको प्रदेश निर्वाचन आयोगले जनाएको छ।

राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले यसअघि नै मतदान नगर्ने जनाएका थिए। गुल्मीको दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापा र जसपाका बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह मतदानमा उपस्थित भएनन्।

मतगणना केहीबेरमै शुरु हुने र भर्चुअल माध्यमबाटै सार्वजनिक गरिने बताइएको छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन्। पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन्।