पोखरा । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन अभियानलाई सहज बनाउन भ्याक्सिन भोलेन्टियर परिचालन गर्ने बताएका छन् । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।
पौडेलले तीन महिना भित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोलटोल तहसम्म हजारौ स्व्यम्सेवक परिचालन गर्ने उनले बताए । नेपालमा कोभिड १९ को संक्रमणसँगै यसको नियन्त्रण,रोकथाम ,राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हजारौ नेता कार्यकर्ता परिचालित रहेको उनको दाबी छ ।
संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहलकदमीमा संकालित उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती डा डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पिपिई, मास्क, ग्लोभ्स गरी रु १० लाख रकम बाराबरको सामाग्रीहस्तान्तरण गरिएको आयोजकले बताएका छन् ।
