प्रधानमन्त्रीले सञ्चारमन्त्रीबाट निष्काशन गरेपछि नेता गुरुङले दिए यस्तो प्रतिक्रिया

प्रधानमन्त्रीले सञ्चारमन्त्रीबाट निष्काशन गरेपछि नेता गुरुङले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको मन्त्रिपरिषद्को पुर्नगठन स्वागत योग्य भएको नेकपा एमालेका नेता एवम निवर्तमान मन्त्री पार्वत गुरुङले बताएका छन् । 

यसबीच सरकार परिवर्तनको खेल, अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या पनि अनिश्चितामा गुज्रिरह्यो तर, जतिदिन जिम्मेवारी काँधमा आउँछ, त्यति दिन कुनै कसर बाँकी नराखी आफू परिणाममुखी कामका लागि समर्पित भइरहेको गुरुङले सामाजिक सञ्जालमार्फत जनाए ।

उनले मन्त्री मात्र नभई पार्टीको जिम्मेवार व्यक्तिको हैसियतले पार्टी अध्यक्ष केपी शर्मा ओली र सरकारप्रति छरिएका नकारात्मक भ्रमहरु सम्पादन गरिएको व्यहोरा पनि जनाउदै प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष ओलीद्धारा गरिएको मन्त्रिपरिषद् पुर्नगठनको कार्य स्वागतयोग्य रहेको बताए । कोभिड— १९ महामारीको कारण यो पुस्ताकै सवैभन्दा भयावह मानवीय संकटको सामना गरिरहेको उनले बताए ।