झलनाथको स्वास्थ्यमा फेरि समस्या: अस्पताल भर्ना गरियो

झलनाथको स्वास्थ्यमा फेरि समस्या: अस्पताल भर्ना गरियो

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । उच्च ज्वोरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

यसअघि लामो समय अस्पताल बसेर डिस्चार्ज भएका खनाललाई चार दिनदेखि लगातार उच्च ज्वरो आएपछि सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

उनलाई अहिले आकस्मिक कक्षमा भर्ना गरिएको र प्रारम्भिक चेकजाँचमा रगतको कमी देखिएको बताइएको छ । यसअघि मृगौलाको समस्या भएका उनलाई कोरोना संक्रमण देखिएर लामो समय नर्भिक अस्पतालमा उपचार गराएका थिए ।