एजेन्सी । बुधबार दिउँसो भारतको तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाध्यक्ष विपीन रावत दम्पत्तीसहित १३ जनाको मृत्यु भएको छ ।
चिफ अफ डिफेन्स स्टाफ रावत तथा उनकी पत्नी मधुलिकासहित भारतीय सेना सैनिक सवार ‘एमआई–१७ बी ५’ हेलिकोप्टर हेलिकोप्टर तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार स्थानीय समयअनुसार दिउँसो १२ बजे दुर्घटना भएको थियो ।
भारतीय वायु सेनाले रावत दम्पतीसहित १३ जनाको मृत्यु भएको जनाएको हो ।
रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।
याे पनि