हुम्लाको चंखेलीमा जीप दुर्घटना : पाँचजना गम्भीर घाइते

हुम्लाको चंखेलीमा जीप दुर्घटना : पाँचजना गम्भीर घाइते

सिमकोट । जिल्लाको दक्षिण भेगको चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चंखेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । 

चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य छ । जिप सडकबाट १५० मिटर तल खसेको थियो ।