नारायणगढ-मुग्लिन सडक खण्डमा बस पल्टिँदा १९ जना घाइते

नारायणगढ-मुग्लिन सडक खण्डमा बस पल्टिँदा १९ जना घाइते

काठमाडौं।  नारायणगढ-मुग्लिन सडक खण्डमा बस पल्टिँदा १९ जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका वडा नं.२९ को सत्रकिलोमा बस दुर्घटना परेको हो।

दुर्घटनामा घाइतेमध्ये ९ जनाको भरतपुर अस्पतालमा बाँकीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन्।

घटनामापरी दुई जना गंभिर  घाइते भएका छन्। रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको यात्रु बस गुडिरहेको अवस्थामा सडकमाथिबाट ढुङ्गा खसेपछि बसअनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।