अरनिको यातायातले खुला गर्‍यो दसैं अग्रिम टिकट बुकिङ

अरनिको यातायातले खुला गर्‍यो दसैं अग्रिम टिकट बुकिङ

काठमाडौँ । अरनिको यातायातले दसैंलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ। गत भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको हो।

सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपालले बताए।

अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रूकुम, रोल्पा, बाग्लुङ लगायत जिल्लामा चल्छन्।