काठमाडौं। आज सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।
नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको नर्वाचन आयोगले जनाएको हो।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिएकी छन्। आजैबाट मतगणना सुरु गर्ने गरी आयोगले तयारी गरेको छ। मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरूबाट मतपेटिका संकलनको काम भइरहेको छ।