जनकपुरधाम। महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएको छ ।
तीन सय मत गणना गर्दा नेकपा एमालेका सकिवुल खाले १३२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका आरतीदेवी यादव ९७ र नेपाली कांग्रेसका मोहम्मद जनिफ खाले ४८ मत पाएका हुन् ।
उपनिर्वाचनमा कुल मतदातामध्ये १ हजार ५१४ (७०.७१) मत खसेको हो । वडाध्यक्ष मुकेश यादवको दुर्घटनामा मृत्यू भएपछि सो पदपूर्तिका लागि यस वडामा उपनिर्वाचन भएको छ ।