शंखरापुर स्कुल बस दुर्घटना : तीन जना विद्यार्थीको मृत्यु

शंखरापुर स्कुल बस दुर्घटना : तीन जना विद्यार्थीको मृत्यु

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ। तीन जनाको मत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको छैन।

जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरे। ‘अहिलेसम्म तीन जनाको मत्यु भएको डाक्टरले बताएका छन्’ उनले भने।

चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो। फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो।