सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । पछिल्लो सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। झापा तनहुँ र बारामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

झापा, अर्जुनधारा नगरपालिका-७ स्थित मधुगिता क्रसर उद्योगमा को.१ ख ७०१४ नम्बरको टिपरको ठक्करबाट सोही क्रसरमा काम गर्ने हल्दिबारी गाउँपालिका-२ बस्ने २४ को मोहन किस्कुको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तनहुँ, ब्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा ग.२१ प १८७३ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४२ वर्षीय धर्म बहादुर थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा अनटेष्ट लेखिएको स्कुल बसले प्र.२-०३-०१३ प ३२३३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट राजदेवी नगरपालिका बस्ने ३३ वर्षीय भोला प्रसाद यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सहकारी अस्पताल हेटौंडा मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।