एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन

एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाडौं। एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टर को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि Goresh Group का सिइयाे नकाटा सुनिची तथा विशेष अतिथिहरूले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरे। 

कार्यक्रममा प्रमुख अतिथि नकाटा सुनिचीले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै भने, “नेपाली कामदारहरू इमानदार र मेहनती छन्। विदेशी रोजगार बजारमा उनीहरूको उच्च माग छ। एलाइड वर्क फोर्स सोलुशनले प्रदान गर्ने तालिमले नेपाली कामदारको प्रतिष्ठा अझ मजबुत बनाउनेछ।”

कार्यक्रमका अध्यक्ष प्रकाश श्रेष्ठले व्यावसायिकता र तालिमको महत्त्वबारे चर्चा गर्दै भने, “हामी दक्ष तालिम र रोजगारी अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेका छौं। यस किसिमका संस्थाले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्नेछन्।” 

विशेष अतिथि नेपाल संघीय वैदेशिक रोजगार ब्यावसायी संघ (NAFEA) का सचिव कर्ण कटवालले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताउँदै भने, “सफल वैदेशिक रोजगारीका लागि तालिम अपरिहार्य छ। एलाइड वर्क फोर्स सोलुशनले यही प्रतिबद्धता देखाउनु सकारात्मक कदम हो।”  

समापन मन्तव्य दिँदै एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष प्रकाश श्रेष्ठले सबै अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरे। कार्यक्रममा उपस्थित सबै अतिथिहरूले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्त्वमा जोड दिँदै एलाइड वर्क फोर्स सोलुशनको सफल भविष्यको कामना गरे।