काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले एमालेले अहिले कांग्रेसको मुटुमा आक्रमण गरिराखेको आरोप लगाएका छन्। मंगलबार ४३औं विपी स्मृति दिवसमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद विधेयकमा एमालेले कांग्रेसको मुख्य मूल्यमान्यतामा आक्रमण गरेको आरोप लगाएका हुन्।
सो क्रममा उनले आफ्ना सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कुलिङ पिरियड नराख्ने व्यवस्था स्विकार्य नहुने अडान राख्नुपर्ने बताए। उनले देउवाले विद्युतसम्बन्धी टेक एण्ड पेबारे लिएको अडान जस्तै कुलिङ पिरियडमा पनि देखिनुपर्ने बताएका हुन्।