काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२र६३ पछिको मार्गचित्र असफल प्रमाणित भएको दावी गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा एक ट्विट लेख्दै अध्यक्ष थापाले पछिल्ला राजनीतिक घटनाक्रमले २०६२र६३ पछिको मार्गचित्र असफल प्रमाणित गरेको बताएका हुन्।
उनले आफ्नै दलको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र संसद विघटन, अदालतमा विचराधीन मुद्दामाथि सडकमा प्रदर्शन, व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुखविरुद्द अदालतमा मुद्दा लगायतका घटनाले पछिल्लो मार्गचित्र असफल भएको प्माणित भएको बताएका हुन्।
‘सत्तारुढ दलले आफ्नै प्रमविरुद्ध अविश्वास प्रस्ताव, प्रमद्वारा संसद विघटन, मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन, व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुखविरुद्ध अदालतमा मुद्दा, यी घटनाक्रमले ६२-६३पछिको मार्गचित्र असफल प्रमाणित गरेको छ’, थापाले ट्विटरमा लेखेका छन्। थापाले संवैधानिक राजतन्त्र र निद्यूराष्ट्रको माग गर्दै आएका छन्।