काठमाडाैं । सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि उत्साहित देखिएको प्रधानमन्त्री केपी ओली पक्ष पार्टी र भातृ संगठनहरुका भेलामा जुटेको छ। अहिले सो पार्टीनिकट राष्ट्रिय युवा संघ ललितपुरले जिल्ला भेलाको आयोजना गरेको छ ।
एमाले जिल्ला कार्यालय सातदोबाटोमा भर्खरै शुरु भएको भेलामा पार्टी जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार र महेश बस्नेतले बोल्ने कार्यक्रम छ ।
भेलामा ४०-५० जना युवाको सहभागिता छ । बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल निकट युवाहरुलाई उपस्थितिको लागि बोलाइएको छैन । नेपाल-खनाल पक्षले आजै स्थायी समिति बैठक बोलाएको छ।