एमाले नेता भीम रावल किन गए माओवादीको स्थायी कमिटी बैठकमा ?

एमाले नेता भीम रावल किन गए माओवादीको स्थायी कमिटी बैठकमा ?

काठमाडौं  । नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पुगेका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पुगेका नेता रावल केही समयपछि बाहिरिएका छन् । 

माओवादी केन्द्रले आज बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको छ । 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए । तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन । नेता रावलसँग यसै विषयमा छलफल भएको स्रोतले बताएको छ ।