ओलीलाई भेट्‌नुअघि बानेश्वरमा खनाल–नेपालबीच छलफल

ओलीलाई भेट्‌नुअघि बानेश्वरमा खनाल–नेपालबीच छलफल

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेटका लागि बोलाएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले छलफलमा जुटेका छन् । आज बिहान ११ बजे धुम्बाराहीमा ओलीसँग भेट हुने भएपछि त्यसअघि खनाल र नेपालले आफूनिकट नेतासँग छलफल गरेका हुन् ।

बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा ओलीसँगको वार्ताका लागि तयारी र साझा निस्कर्ष लिएर धुम्बाराही जान लागेको सो समूहका एक नेताले बताए ।

यतिवेला ओलीसँग वार्ताको लागि नेपाल धुम्बाराहीमा पुगिसकेका छन् । ओलीले भेटका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाए पनि नेपालले अस्वीकार गरेपछि धुम्बाराहीमा भेट्ने तय भएको थियो ।