कर्णाली । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भोलिबाट लागू हुने गरी बुधबार केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए।
कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ।
आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का थिए।
माधव नेपाल पक्ष भने आजको बैठकमा उपस्थित थिएन ।