बालुवाटार बैठकमा ओलीले बोलाए गौतमलाई, गौतमले दिए यस्तो जवाफ

बालुवाटार बैठकमा ओलीले बोलाए गौतमलाई, गौतमले दिए यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार बालुवाटारमा संसदीय दलको बैठक बस्दैछ । सो बैठकमा नेता माधवकुमार नेपाल पक्ष सहभागी हुने छैन । सो समूहले ललितपुरको सानेपामा आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ ।

तर ओलीले बालुवाटार बैठकमा नेता बामदेव गौतमलाई पनि बोलाएका छन् । गौतम अहिलेसम्म ओली वा नेपाल समूहमा लागेका छैनन् । ओलीको तर्फबाट निम्तो दिन प्रमुख सचेतक विशाल भट्टराईले गौतमलाई बिहान फोन गरेका हुन् । 

गौतम निकटले भने बालुवाटार जाने–नजाने बारे निश्चित नभएको बताएका छन् । भट्टराईसँगको फोन वार्तामा गौतमले वालुवाटार आउने योजना नभएको बताएका थिए । साथीहरुसँगको छलफलपछि निर्णय लिने गौतमले बताएको स्रोतको भनाई छ ।