खनाल–नेपाल समूहको समानान्तर भेला आजदेखि सुरू, आज महिला भेला हुँदै

खनाल–नेपाल समूहको समानान्तर भेला आजदेखि सुरू, आज महिला भेला हुँदै

काठमाडौं । आजदेखि नेकपा एमालेका (माधवकुमार नेपाल–झलनाथ खनाल) समूहले समानान्तर भेला सुरू गर्ने भएको छ । आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला कालीमाटी ब्यांक्वेटमा एघार बजे बोलाइएको छ । भेलालाई खनाल–नेपालले सम्बोधन गर्दैछन् । 

त्यसैगरी भोलि युवा संघको भेला पनि हुदैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।

पछिल्लो समय एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको हो ।