काठमाडौं । उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उद्योगपति अग्रवाल एमालेमा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गरेका उद्योगपति अग्रवाललाई खादा लगाई स्वागत गरेका थिए ।
भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुन्। लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत हुन्। केही दिन अघि २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका थिए ।