प्रधानमन्त्रीले अवलोकन गरे नयाँ कार्यालयको, पाँच वर्षको लागि सम्झौता

प्रधानमन्त्रीले अवलोकन गरे नयाँ कार्यालयको, पाँच वर्षको लागि सम्झौता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका छन्। ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुनेरनहुनेबारे अवलोकन गरेका हुन्।

अवलोकनपछि उनले व्यवस्थापन सबै ठीक भएको बताएको कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।  ‘प्रधानमन्त्रीले निरीक्षण गर्नुभयो। केहीबेर बस्नुभयो। आफ्नो पार्टी कार्यालय कस्तो छ हेर्नुभयो। यहाँ सेटअप गरेको सबै ठीक छ। अब हामी छिट्टै सम्झौता गर्छौं र सर्छौं भन्नु भयो’, उनले भनिन्।

यसैगरी सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको बताए। यद्यपि भाडाबारे अहिल्यै नै छलफल नभएको उनले जानकारी दिए।

उनका अनुसार कालीमाटीमा सञ्जय अग्रवालको आफ्नै घर छ। यद्यपि यसअघि अग्रवालले कालीमाटीमा आफू भाडामा बसेको बताएका थिए।  एमाले थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो।