काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।
बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।