काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै नेकपा एमालेको नयाँ भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विहान नयाँ भवनको शिलान्यास गरेका छन् । बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवनको शिलान्यास गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका हुन् ।एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार एमालेको नाममा रहेको १३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा नयाँ आधुनिक भवन निर्माण गर्न लागिएको हो ।
नयाँ भवनको लागत तय भएको छैन । अझै पनि परम्परागत वा नयाँ शैली कुन प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ ।