माधव नेपाल पक्षका सांसदहरु छलफलमा, ओलीलाई आजै स्पष्टिकरण बुझाउने तयारी

माधव नेपाल पक्षका सांसदहरु छलफलमा, ओलीलाई आजै स्पष्टिकरण बुझाउने तयारी

काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पार्टी अध्यक्ष केपी ओलीबाट सोधिएको स्पष्टिकरणबारे छलफलमा जुटेका छन् । स्पष्टिकरणको जवाफ तय गर्न नेता नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिन उनीहरुका लागि बिहीबार मध्यान्हसम्मको समय छ । स्पष्टिकरणको जवाफ चित्त नबुझे ओलीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्न सक्ने छन् ।

ओलीले संघ र प्रदेशका गरि नेता नेपाल र खनाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका छन् । ओलीलाई आजै स्पष्टिकरण बुझाउने नेपाल समूहको तयारी छ ।