आजदेखि थापाथलीमा एमालेको केन्द्रीय पार्टी कार्यालय

आजदेखि थापाथलीमा एमालेको केन्द्रीय पार्टी कार्यालय

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीमा पार्टीको नयाँ कार्यालय उद्घाटन गरेका छन् ।

थापाथली स्थित भाडाको घरलाई एमालेको केन्द्रीय कार्यालयका रुपमा ओलीले औपचारिक उद्घाटन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् । त्यसअघि प्रधानमन्त्री ओलीले मदन नगर बल्खुमा बन्न लागेको पार्टी कार्यालयको शिलान्यास गर्ने गरेका थिए ।

यसैबिच एमालेका नेता माधवकुमार नेपाल पक्ष बिहीबार दिउँसो १२ बजेभित्र ओलीद्वारा मानिएको स्पष्टिकरणको जवाफ दिनुपर्ने भएपछि छलफलमा जुटेको छ ।