ओली र नेपालबीच आज पनि भेटवार्ता

ओली र नेपालबीच आज पनि भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ताको तयारी गरिएको छ। पछिल्लो समय तिक्कतापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधबार साँझ एक्लाएक्लै २ घण्टा छलफल भएको थियो। 

सो बैठकमा दुवै नेताबीच बिहीबार फेरि भेटवार्ता गर्ने समझदारी भएअनुसार आज पनि भेट हुने अपेक्षा गरिएको नेपालनिकट स्रोतले बताएको छ। ‘हिजोको छलफलमा दुवै नेताले आ-आफ्नो धारणा मात्रै राख्नु भयो। आज फेरि भेटी अहसमतिका विषयहरुमा थप छलफल गर्ने संभवना छ,’ स्रोतले भन्यो, ‘तर अहिलेसम्म निश्चित समय र स्थान भने टुङ्गो लागेको छैन।’

बुधबारको भेटपछि दुवै नेताले सो दुई घण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरुले स्पष्ट भने पारेका छैनन्।