ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु

ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

बुधबारको भेटसँगै लामो संवादहीनता तोडिएको नेताहरूले बताएका थिए, तर सहमतिको कुनै प्रस्ताव नआएको उनीहरूको भनाइ छ ।