मेरियट होटलको झ्यालबाट नवनिर्मित धरहरा हेर्दै ओली र नेपाल

मेरियट होटलको झ्यालबाट नवनिर्मित धरहरा हेर्दै ओली र नेपाल


नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि राजधानीको होटल मेरियटमा वार्ता भइरहेको छ। पार्टी फुटको संघारमा पुगेका बेला बुधबार ओली-नेपालबीच सोही होटलमा वार्ता भएको थियो।

आज पनि वार्ताका लागि दुबै नेता अपरान्ह मेरियट पुगेका थिए। उनीहरू होटलमा पुगेको केही समयपछि प्रधानमन्त्री ओलीको सचिवालयले एउटा तस्बिर सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री ओलीले र नेता नेपाल कोठाको झ्यालबाट बाहिर हेरिरहेका छन्।