ओलीको कारबाही प्रक्रिया रोक्न माधव नेपाल समूहको सर्वोच्चमा रिट दर्ता

ओलीको कारबाही प्रक्रिया रोक्न माधव नेपाल समूहको सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्। माधव नेपालसहित ३२ सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत रिट दर्ता गरिएको छ। 

ओलीले नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। रिटको सुनुवाइ आइतबार हुने तोकिएको छ। नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका छन्। 

नेपाल समूहले अदालतमा पेश गरेको रिटमा भनिएको छ, ‘उल्लेखित अनाधिकृत निर्णयका आधारमा गरिएको कारबाहीलाई आधार मानि निवेदकहरूलाई पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्नसक्ने पूर्ण आशंका भएकोले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेशसमेत जारी गरिपाऊँ।’