शेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

शेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

नेता शेरबहादुर तामाङलाई नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ। शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पहिले नेपाल समूहमा रहेका तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।
तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी  ओली  सरकारमा कानुन मन्त्री बनेका थिए।