काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो ।
विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो ।